Logo

अर्थ

कालिन्चोक दर्शनको नाफा ६.४० प्रतिशतले बढ्यो, यस्ताे छ अवस्था



काठमाडौं- कालिन्चोक दर्शनले नाफा कमाएको छ। कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६.४० प्रतिशतले बढेको छ अर्थात ६४ लाख ३४ हजार रुपैयाँ पुगेको हो।

गत वर्षको यसैअवधिमा यस कम्पनीले ६० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३५.३७ प्रतिशतले बढेर ३ करोड ३० लख ८३ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर  १ करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ८६ पैसा छ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ०९:४०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।