Logo

कर्पोरेट फोकस

खराब कर्जाको फन्दामा ईन्भेष्टमेन्ट बैंक, करोडौं डुबाएपछि एकैदिन दुई सूचना



बेला बेलामा केही न केही बिवाद र झमेलामा परिरहने गरेको नेपाल ईन्भेष्टमेन्ट बैंक फेरि अर्को झमेलामा परेको छ । पछिल्लो समय भने यो बैंक खराब कर्जाको लफडामा परेको हो ।
 
बैंकहरुको ऋण असुलीमा न्यायालयको काम गर्ने निकाय ऋण असुली न्यायाधिकरणले यस बैंकबाट एकैदिन खराब कर्जा प्रवाह भएका दुई कम्पनीको नाममा सूचना प्रकाशित गरेपछि बैंकमा बचत गर्नेहरुले चिन्ता व्यक्त गरेका छन् । यति नै ऋण फसेको हो भन्ने यकिन नभएपनि मुद्धा नं. १०१/०७५/०८ रहेको एभरेष्ट कम्प्युटर इम्ब्रोडरी प्रा.लि. र मुद्धा नं. १०१/०७५/१० रहेको इनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि.ले यस बैंकबाट करोडौं ऋण लगेर नतिरेको बताईएको छ ।

माथी उल्लेखित दुई कम्पनीहरुको ऋण असुली शिर्षक अन्तर्गतको मुद्धाको दर्ता मिति २०७५/०४/०८ रहेको छ । यो हेर्दा बैंकले मुद्धा दायर गरेपछि दुई वर्षभन्दा बढी ऋण असुल्नको लागि प्रयास गरेको देखिन्छ । 

पछिल्लो समय बैंकबाट ऋण लिन त्यति सजिलो छैन । अझ भनौं जो पायो त्यहीले जग्गा जमिन भएर पनि सजिलो तरिकाले ऋण पाएका हुँदैनन् भने जसरी ऋण लिनको लागि कि त पावर हुनु पर्छ कित गतिलै कमिशन बैंकका सिईओ लगाएतका हाकिमलाई बुझउँनु पर्छ । तर यस्तो प्रकृयाबाट जति सजिलो गरी ऋण लिईन्छ तिर्न भने त्यति सजिलो हुँदैन अनि त्यो खराब कर्जामा गएर जनताले निक्षेप गरेको रकम डुब्ने गर्छ । बैंकको खराब कर्जाको बारेमा आज प्रकाशित सूचना पनि यसैको एउटा उदाहरण हुन सक्ने धैरैको अनुमान रहेको छ । 

यस सम्बन्धमा बुझ्न बैंकका नायव महा प्रवन्धक तथा प्रमुख सुचना अधिकारी बिजेन्द्र सुवालसँग जिज्ञासा राख्दा अति नै समस्या आएपछि सूचना प्रकाशन गर्नुको बिकल्प नभएको बताए । नेपाल राष्ट्र बैंकको निति अनुसार नै बैंकहरु चल्ने हुनाले सोही निति बमोजिम ऋण उठाउँन समस्या भएपछि सूचना प्रकाशित भएको सुवालको भनाई रहेको छ । 

पृथ्बी बहादुर पाँडे अध्यक्ष र ज्योतिप्रकाश पाँडे प्रमुख कार्यकारी अधिकृत रहेको यो बैंक ग्राहकमैत्री नरहेको आरोप पनि बैला बेलामा लाग्ने गर्दछ भने केही समय अगाडि नेपाली चलचित्रका नायक, निर्माता तथा निर्देशक जय किशन बस्नेत (जयराम) ले आफूले चलाएको मोबाईल टिभी नामक युट्युबबाट आफ्नो खातामा आउँने रकम काटिएको गुनासो गरेपछि अनलाइनपाना डटकममा नेपाल इन्भेष्टमेन्ट बैंकको लुट : ग्राहकको आम्दानीमा बैंकको कैची शिर्षकमा समाचार नै प्रकाशन भएको थियो । 

बस्नेतको बारेमा समाचार प्रकाशित भएपछि सुवालले तल्लो स्तरको गाली गरेर मोबाईलमा म्यासेज पठाएका थिए । 

भित्री श्रोतका अनुसार आज प्रकाशित दुई सूचना सुरुवात मात्र भएको र जनताको रकम फसेका यस्ता अरु धेरै सूचना आउँने तयारीमा रहेको बताईन्छ । जसले गर्दा यस बैंकमा जनताको रकम कति असुरक्षित छ भन्ने सहजै अनुमान लगाउँन सकिन्छ ।

यो पनि हेर्नुहोस् : नेपाल इन्भेष्टमेन्ट बैंक फेरी अर्को गम्भीर बिवादमा फस्यो, अवैध ओसार पसारमा जेडटीईसँग साँठगाँठ

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  २ : ४४ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।