काठमाडौं- ‘अनलाइन सपिङ’का माध्यमबाट बिमला खनालले कपडाको व्यापार व्यवसाय सुरु गरेको १० वर्ष भयो। उनी १० वर्षदेखि एउटै जोस र जागरका साथ व्यवसायमा तल्लिन् छिन्।
उनी कुरुषका माध्यमबाट कपडा तयारसमेत पार्दै आएकी छन्। प्रत्येक कपडाको बनावट, रंग आदिमा उनी विशेष ध्यान दिने गर्छिन्। उनले तयार पारेको डिजाइन बजारमा औधी रुचाइने गरिएको छ।
बिमला आफ्नै हातले बुनेका लुगा अनलाइन प्लेटफर्ममार्फत बजारीकरण गरिरहेकी छन्। त्यतिमात्रै नभई बिडबाट र कागजका आकर्षक गहनाहरू पनि उनले तयार पार्दै आएकी छन्। महिलाहरूको सिप र क्षमतालाई अगाडी बढाउन संस्थामार्फत सिपमूलक तालिमसमेत उनले प्रदान गरिरहेकी छन्।
२०२३ साल ५ महिना २३ गते नवलपरासी गुठीपर्सा उनको जन्म भएको हो। बिमलाका बुबा भन्सारमा जागिरे थिए। आमा भने गृहिणी हुन्। २०४३ सालमा उनले नवलपरासीबाटै एसएलसी पास गरिन्। उनले नेपाल कमर्स क्याम्पसबाट स्नातक सकिन्। त्यसपछि उनको विवाह अरुनभद्र खनालसँग भयो। उनका श्रीमान् कृषि विकास बैंकमा जागिरे थिए। विवाहपछि उनी भने घरकै कामकाजमा व्यस्त हुन थालिन्।
पढेर शिक्षित बन्नुपर्छ भन्ने उनलाई थाहा थियो। तर, पढेर जागिर नै गर्नुपर्छ भन्ने उनलाई त्यति बेला लागेको थिएन। समयक्रमसँग उनका छोरा-छोरी भए। बिमला छोरा-छोरी हुर्काउनमा सक्रिय भइन्।
त्यति बेला एउटा सुइटरको मूल्य १५ सय राखिएको थियो। अहिले उनले तयार पारेका उनका लुगाहरू दराज अनलाइनबाट बिक्री गरिन्छ। अहिले उनले बनाएका लुगाको मूल्य २५ सयदेखि ३५ सयसम्म छ।
घर बाहिरको काम नगरी घरमा बस्दा उनको जीवन सहजै थियो। समाज वरपर महिलाहरूको दैनिकी त्यति सहज थिएन। त्यसैले उनको मनमा समाजका महिलाहरूका लागि केही गर्नुपर्छ भन्ने पलायो। केही उद्यम गरेर समाजमा महिलाहरूलाई रोजगार बनाउन सकिन्छ कि भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो।
समय क्रमसँगै उनका छोरा-छोरी पनि हुर्किसकेका थिए। त्यसपछि उनलाई समय फुर्सदिलो लाग्न थाल्यो। त्यही समयमा उनलाई आफ्नो लागिमात्र नभएर समाजमा महिलाका लागि केही गर्नुपर्छ भन्ने योजना बनाउन थालिन्। सानैदेखि उनलाई बुनाइको काम गर्ने रहर थियो। घरमा दिदीले सुइटर बुनेको देखेपछि उनले पनि दिदीसँगै बुनाइको काम सिकेकी थिइन्।
त्यसपछि उनले घरमा ऊनजन्य लुगा बुन्ने काम गर्न थालिन्। बजार बढेपछि काम गर्न सहयोगी राख्ने उनको योजना थियो। उनका एक जना दाइ घरेलु तथा साना उद्योगमा काम गर्ने गर्थे। दाइले नै उनलाई उद्योग दर्ता गर्न सल्लाह दिए। त्यसपछि वि.सं. २०७० मा उनले ‘चिटिक्क होजियारी उद्योग’ दर्ता गरिन्। त्यसपछि उनले दैनिक ज्यालामा पाँच जना माहिलालाई राखेर बुनाइको काम सुरु गरेकी थिइन्।
त्यति बेला एउटा सुइटरको मूल्य १५ सय राखिएको थियो। अहिले उनले तयार पारेका उनका लुगाहरू दराज अनलाइनबाट बिक्री गरिन्छ। अहिले उनले बनाएका लुगाको मूल्य २५ सयदेखि ३५ सयसम्म छ। महिला उद्यमी महासंघबाट उनी दराजसँग जोडिएकी थिइन्। दराजमा बिमलाले बुनेका लुगाहरू बिक्रीको लागी राखिएका छन्।
उनले नेपाल हस्तकला महासंघ र महिला उद्यमी महासंघमार्फत बिमलाले विभिन्न तालिममा सहभागी हुने मौका पनि पाइन्। त्यसले उनको सीप क्षमतामा निखार ल्याउँदै लग्यो। महासंघकै माध्यमबाट उनले नयाँ सिपहरू सिक्ने अवसरसमेत पाइन्। उनले महासंघबाट बिर्ड सम्बन्धी तालिम लिन पाइन्। चार जना मान्छे राखेर उनले बिर्डसको काम पनि गर्न थालिन्। तर, अहिले चाइनाको मार्केटले बजार लिएको छ। त्यसैले बिर्डसमा उनले काम गर्ने मान्छे राखेकी छैनन्। अहिले आफैले मात्र बनाउन थालेकी छन्।
बेला-बेलामा विभिन्न जिल्लामा तालिम दिन जाँदा महिलाहरूको सीप र क्षमतालाई अगाडी बढाउन पाउँदा आफूलाई खुसी महसुस हुने गरेको उनले बताइन्
उनले अहिले घरमै बिर्डसबाट बनेका निकै आकर्षक गहनाहरू बनाउने गर्छिन्। बेला बेलामा अर्डर अनुसार उनी डिजाइन पनि गर्दै आएकी छन्। उनले कागजबाट बनाइने गहनाहरू पनि बनाउँदै आएकी छन्।
उनले महिला उद्यमी महासंघमाबाट तालिम दिँदै आएको १० वर्ष भइसकेको छ। उनले १० थरिका सिपमूलक तालिम प्रदान गर्ने गरेकी छन्। महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सिपमूलक तालिम दिँदै आएको बिमला बताउँछिन्।
अहिले उनी महासंघमार्फत विभिन्न जिल्लाहरूमा सिपमूलक तालिम प्रदान गर्दै आएकी छन्। तालिम दिँदै गर्दा वस्तुको प्याकेजिङ मूल्य निर्धारण र बजारीकरण गर्ने बारे पनि सिकाउने गरेकी छन्। ‘हामी बनाऊँ, हामी किनौँ र देशलाई समृद्ध बनाऔं’ भन्ने नाराका साथ उद्यमशीलतालाई अगाडि बढाइरहेको उनको भनाइ छ। ‘गर्व गरौं, स्वदेशी बस्तु प्रयोग गरौं’ भन्ने पनि उनको नारा रहेको छ।
बेला-बेलामा विभिन्न जिल्लामा तालिम दिन जाँदा महिलाहरूको सीप र क्षमतालाई अगाडी बढाउन पाउँदा आफूलाई खुसी महसुस हुने गरेको उनले बताइन्। उद्यम गर्न चाहने महिलाहरूका लागि सिपमूलक तालिममा बजारीकरण सम्बन्धीको ज्ञान पनि प्रदान गर्दै आएको बिमलाले बताइन्।
बिमला समाजसेवामा पनि उत्तिकै सक्रिय छिन्। उनले २० जना विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति प्रदान गर्दै आइरहेकी छन्। बेदब्यास विद्यालयमा उनले २० जना विद्यार्थीलाई कक्षा १ देखी १२ सम्मको अध्ययनको लागि छात्र वृत्ति प्रदान गरिरहेकी हुन्।
बिमलाले आफ्नो व्यावसायिक र समाज सेवाको यात्रा यसरी नै निरन्तर अगाडि बढिरहने बताएकी छन्।




















प्रतिक्रिया