Logo

सेयर बजारमा झिनो अंकको वृद्धि 



मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५ दशमललव ४० अंकले बढेर १६४३ दशमलव ०४ बिन्दूमा रोकिएको छ । 

आज दिनभर १९८ कम्पनीको २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५ सय ७२ रुपैयाँ बराबरको कारोबार भएको छ । 
त्यस्तै यो दिन १२ वटा उपसूचकमध्ये बैंकिङ्ग र विकाश बैंक बाहेकका सबै समूहको उपसूचक बढेको छ । 

यो दिन विशाल बजार कम्पनी, सुम्ममित लघुवित्त वित्तिय संस्था, पाँचथर पावर कम्पनी र शिभ श्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । 
यसरी नै आज कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीले अधिपत्य जमाएको छ । 

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  ३ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।