कामठाडौं- नेपाल राष्ट्र बैंकेले आधा दर्जन सीईओ र सञ्चालकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले तोकेको नियम उल्लंघन गर्ने सीईओ र सञ्चालक कारबाहीमा परेका हुन्।
विकास बैंक र फाइनान्स कम्पनीका सीईओ, सञ्चालक समिति र अध्यक्षसहित आधा दर्जन भन्दा बढी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
त्यसरी कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंकका सीईओ, अध्यक्ष र सञ्चालक समिति रहेका छन्। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सञ्चालक समिति र सीईओमाथि कारबाही भएको छ। नारायणी डेभलपमेन्ट बैंकलाई दुई पटक संस्थागत कारबाही गरिएको छ।
प्रोग्रेशिभ फाइनान्सको सञ्चालक समिति र सीईओले कारमाहीमा परेका छन्। गुडबिल फाइनान्सका सीईओ र सञ्चालक समितिलाई पनि कारबाही गरिएको छ। गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सीईओ पनि कारमाहीमा परेका छन्।
नेपाल राष्ट्र बैंकले यी संस्था, संस्थाका सीईओ, सञ्चालक समिति र अध्यक्षहरूलाई विभिन्न नियमन उल्लंघन गरे वापत चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक अवधीमा कारबाही गरेको हो।




















प्रतिक्रिया