काठमाडौं- बैंक तथा वित्तीय संस्था मुलुकको अर्थतन्त्रको मेरुदण्ड हुन्। आर्थिक समृद्धिका लागि बैंक तथा वित्तीय संस्थाको ठूलो भूमिका हुन्छ। उद्यमशीलताको विकासमा पनि बैंक तथा वित्तीय संस्थाले अहम् भूमिका निर्वाह गर्दै आएका छन्। आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि बैक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण हुने गरेको छ। आर्थिक विकास र रोजगारी वृद्धिमा बैंकले उपलब्धि हासिल गरिरहेका छन्।
तिनै मध्येको एक हो नबिल बैंक। जसले मुलुकको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। ३९ वर्ष लामो यात्रा तय गरिसकेको बैंक प्रविधिमा अब्बल छ। जनतामाझ विश्वसनीय छ। देश-विदेशमा रहेका ग्राहकलाई मध्यनजर गर्दै विभिन्न सेवा प्रदान गरिरहेको बैंकबाट लोन लिन पनि झन्झट रहित छ। त्यसैले त नबिल ग्राहकको पहिलो रोजाइमा बन्ने गरेको छ।
नबिलबाट ऋण लिएर सफल उद्यमी बनेका हजारौं उदाहरण छन्। तिनै मध्येका एक हुन् सुर्खेतका छविलाल खड्का। वि.सं. २०७६ मा २८ लाख कृषि लोन लिएका खड्का अनवरत आफ्नो कर्ममा कृयाशिल छन्। पछिल्लो चार वर्षमा खड्काले ‘खड्का कृषि फर्म’लाई निकै अगाडि बढाइसकेका छन्।
खड्काले कृषि व्यवसाय २०७१ बाट गरेका हुन्। सुरुमा उनीसँग पर्याप्त पुँजी थिएन। थोर थोरै पुँजी जम्मा गर्दै उनले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीमा जमिन जोडे। त्यही जमिन नबिलमा राखेर उनले ऋण लिए र आफ्नो कृषि फर्मलाई अगाडि बढाए।
खड्का ३२ वर्षका भए। नबिलबाट पाँच वर्षका लागि २८ लाख ऋण लिएका खड्काको अब ७/८ लाख ऋणमात्र चुक्ता गर्न बाँकी छ।
‘मैले २०७६ मा कृषि लोन लिएको हुँ। त्यो लोनले म पशुपालन र तरकारी खेती गर्दै आएको छु,’ उनले भने। अहिले उनले बाख्रा र गाई पालन गरेका छन्। बाख्रा धेरै नभए पनि होलस्टाइन जातका २८ गाई पालेका छन्। खड्काले गाईको दूध पनि बेचिरहेका छन्। बाख्रा र गाईबाट तयार भएको मललाई तरकारी खेतीमा प्रयोग गरिरहेका छन्।
‘नबिलले प्रदान गरेको ऋणले मलाई निकै ठूलो सहयोग पुर्याएको छ। अहिले मैले एक विगाह क्षेत्रफलमा टमाटर, आलु र सागलगायत विभिन्न तरकारी खेती गरिरहेको छु। गाई र बाख्राबाट पाइने प्राङ्गारिक मलले पनि मेरो तरकारी खेतीमा सहयोग पुगेको छ,’ उनले भने।
खड्का ३२ वर्षका भए। नबिलबाट पाँच वर्षका लागि २८ लाख ऋण लिएका खड्काको अब ७/८ लाख ऋणमात्र चुक्ता गर्न बाँकी छ।
उनलाई विदेश जाने सोच कहिले पलाएन। आफ्नै माटोमा पसिना बगाएर पौरखको फल फलाउनुपर्छ भन्ने लाग्थ्यो। त्यसैले सानैदेखि उनी कृषि कर्ममा नै आकर्षित भए।
अर्को कुरा कृषिबाट प्राप्त हुने अन्नले मानव जीवन बचाउँछ भन्ने दायित्वबोध उनलाई सधैँ भइरहन्छ। ‘सबै भन्दा पहिला मान्छे बाच्नुपर्छ। बाच्नका लागि खानेकुरा चाहिन्छ। त्यो कृषिले दिने हो। यति पवित्र पेसाको हामीले सम्मान गर्नुपर्छ। नेपाल त झन् कृषि प्रधान देश हो। ६० प्रतिशत मानिस अहिले पनि कृषिमा निर्भर छन्। तर, हामीले व्यवसायिकरूपमा कृषि गर्न सकेका छैनौं। व्यावसायिकरूपमा कृषि गर्दा डराउनु पर्दैन, अवश्य सफल भइन्छ’, उनी भन्छन्।
बैंकबाट लिएको ऋणलाई सदुपयोग गर्दै आफ्नो सपनामा अगाडि बढे अवश्य पनि सफलता प्राप्त हुने उनी बताउँछन्। ‘नबिल बैंकले सहज रूपमा ऋण उपलब्ध गराएर मलाई सफल उद्यमी बनाएको छ। बैंकले हाम्रै लागि काम गर्ने हो। बैंकलाई हामीले ठग्नु हुँदैन। समयमै किस्ता बुझाउनुपर्छ। त्यसो गरेमा बैंक र ऋण लिने व्यक्ति दुवैको भलो हुन्छ,’ उनले भने।
अहिले खड्का फर्मा सात जनाले रोजगारी पाएका छन्। ‘अहिले हामी सात जना सक्रिय रूपमा काम गरिरहेका छौं। पाँच जना कामदार राखेको छु। दुई जना परिवारकै सदस्यले काम गरिरहेका छौं’, उनले भने।
राम्रो ऋणिलाई बैंकले पनि विश्वास गर्ने उनको अनुभव छ। आफूले समयमै किस्ता तिरेकै कारण ऋण घटेर सात/आठ लाखमा पुगेको उनले सुनाए। २८ लाखबाट सुरु गरेको व्यवसाय अहिले दुई करोडको पुगेको उनी बताउँछन्।
इमानदारिताका साथ काम गरेकै कारण चार वर्षमा आफूले यो सफलता हासिल गरेको खड्काले सुनाए।
कृषिमै लागेका कारण नेपाल सरकारबाट अध्ययनका लागि दुई वर्ष इजरायल जाने मौका पनि खड्काले पाए। त्यहाँ उनले थुप्रै ज्ञान हासिल गरे। त्यो ज्ञानलाई पनि उनले आफ्नो कर्ममा सदुपयोग गरिरहेका छन्।
अहिले खड्का फर्मा सात जनाले रोजगारी पाएका छन्। ‘अहिले हामी सात जना सक्रिय रूपमा काम गरिरहेका छौं। पाँच जना कामदार राखेको छु। दुई जना परिवारकै सदस्यले काम गरिरहेका छौं’, उनले भने। नबिलले दिएको ऋण सही ठाउँमा सदुपयोग गर्दा राम्रो आर्थिक आर्जन गर्नुका साथै सात जना रोजगार बनेको उनले बताए। बैंकको यस्तो सहयोगले आर्थिक समृद्धिमा ठूलो टेवा पुर्याउने उनको अनुभव छ।
‘हामी सात जनाको रोजगारीमा हाम्रा परिवारका थुप्रै सदस्य निर्भर हुनुहुन्छ। हामीले बैंकको ऋणलाई सही ठाउँमा सदुपयोग गर्यौं भने यसले देशको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउँछ,’ उनले भने।
खड्काले बजारीकरण पनि आफैँले गरिरहेका छन्। जसले गर्दा पैसा अड्किने वा अन्य झन्झट बेहोर्नु पर्ने समस्या नरहेको उनले बताए।
उनले नबिल बैंकप्रति ग्राहकको विश्वास बढ्दो रहेकाले सुर्खेत शाखामा कर्मचारीको संख्या थपिदिए वा अर्को शाखा खोलिदिए सहज हुने बताइन्।




















प्रतिक्रिया