काठमाडौं- कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यो सम्झौतापश्चात सरकारी निकायहरुवाट सार्वजनिक खरिदको लागि आह्वान गरिने बोलपत्र बापतको बैंक जमानत कामना सेवा विकास बैंकबाट लिई अनलाइन मार्फत सम्बन्धित निकायमा पेस गर्न सक्नेछन्।
बैंकका ग्राहकले बैंक जमानत लिई सोसंग सम्बन्धित कागजातहरु अनलाईन माध्ययद्वारा पेश गरेपश्चात बैंकले उक्त कागजातहरु प्रमाणीकरण गर्नेछ। उक्त सम्झौतामा बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फबाट कार्यालयका सह–सचिव विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन्।
यो सम्झौताले बैंकका ग्राहकहरुलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैंक जमानत लिन थप सहज भइ बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ।




















प्रतिक्रिया