काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए ।
कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए । पवन शर्राफले १२ रन बनाए । नेदरल्याण्ड्सका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिए ।
खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर ट्रम्पेलम्यानको दोस्रो शिकार बने ।
यसअघि चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भए । १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर ब्रासेलको बलमा आउट भए ।
त्यसपछि कुशल मल्ल १५ रन बनाएर जेरहार्ड इरासमसको बलमा आउट भए । नामिबियाको टोलीका कप्तान इरासमसले त्यसपछि सोमपाल कामी, भीम सार्की र गुल्सन झालाई आफ्नो शिकार बनाए ।
नवौँ विकेटका रुपमा पवन शर्राफ जान निकोल लोफ्टी इटनको बलमा कप्तान इरासमसबाट क्याच आउट बने । करन केसी इरासमसकाे खेलमा पाँचौँ शिकार बने । इरासमसले पाँच विकेट लिएको पहिलो अवसर हो ।




















प्रतिक्रिया