काठमाडौं । डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको फागुन ३ गते सम्पन्न सञ्चालक समितिको बैंकले उक्त आर्थिक वर्षका लागि चुक्ता पुँजीको कुल १०.५२६३२ प्रतिशतले वितरण गर्ने निर्णय गरेको हो ।
जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिशत नगद नाभंश छन् । हाल कम्पनीक्जो चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।




















प्रतिक्रिया