Logo

अर्थ

सेयर बजारमा १४.४६ अंककाे गिरावट



काठमाडौं । सेयर बजार कारोबार दिन बिहीबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ को विन्दुमा बन्द भएको छ।

आज ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ । आज ७९ कम्पनीको सेयर मुल्य बढेको छ भने १६३ कम्पनीको मुल्य घटेको छ ।

आज बजार घट्दा पनि ७९ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी कम्पनीको सेयर मुल्य बृद्धि भएको छ । आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोका लगानकिर्ताले ८.०१ प्रतिशतका दरले कमाएका छन् । जोशीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ दशलमव ७० प्रतिशतका दरले कमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १५:४४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।