काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी शुक्रबार यूएईबाट नेपाल फर्कने भएका छन् ।
यूएईमा जारी आइएलटि २० मा गल्फ जायन्टसमा अनुबन्धित दीपेन्द्र टोली फाइनलमा पुग्न नसक्दा शुक्रबार नेपाल फर्कने भएका हुन् ।
जायन्टसले बिहीबार राती भएको दुबई क्यापिटल्ससँगको दोस्रो क्वालिफायरमा ९ विकेटको हार बेहोरेको थियो । दीपेन्द्र शुक्रबार राती नेपाल आइपुग्ने तालिका रहेको छ ।
नेपालले सिरिजको दोस्रो खेल शनिवार नेदरल्यान्डसँग खेल्नेछ ।
आइएल टी-२० खेल्न गएका कारण आईसीसी लिग-२ अन्तर्गत पहिलो सिरिजको पहिलो खेल गुमाएका दीपेन्द्रले दोस्रो खेल खेल्ने उच्च सम्भावना छ । तर टोलीले उनको विश्रामको अवस्था हेरेर खेल्ने वा नखेल्ने निर्णय लिनेछ ।




















प्रतिक्रिया