Logo

खेलकुद

बार्सिलोनाको जितका लागि लेवनडोस्कीको निर्णायक गोल



काठमाडौं- रोबर्ट लेवनडोस्कीले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेको गोलमा बार्सिलानाले स्पेनी ला लिगामा सेल्टा भिगोलाई शनिबार २–१ ले पराजित गरेको छ। पोलिस स्ट्राइकरले नै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए।

तर लागो एस्पासले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए। बार्सिलोना २५ खेलबाट यस जितसँगै ५४ अंकका साथ तेस्रो स्थानमा छ। एटलेटिको म्याड्रिड भने ५१ अंकमा चौथोमा छ।

उसले यसअघि लास पाल्मासमाथि ५–० को जित निकालेको थियो। अन्य खेलमा ओसासुनाले काडिजलाई २–० ले हरायो भने भ्यालेन्सिया र सेभियाबीचको खेल गोलरहित बराबरीमा टुंगियो।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार ०६:५९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।