Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ को विन्दुमा बन्द भएको छ ।

आज ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज २१ कम्पनीको मुल्य मात्रै बढेको छ भने २२५ वटा कम्पनीको मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । किसान लघुवित्तका लगानीकर्ताले ८.२२ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १५:४०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।