काठमाडौं । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ ।
नेपालीहरूको क्रिकेट प्रतिको आकर्षलाई ध्यान दिँदै १७ फेब्रुअरीदेखि पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण डिशहोमले गरेको हो ।
मार्च १८ सम्म नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ–एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउने जनाइएको छ । एक्शन स्पोर्ट्स एचडीमा विशेष प्रसारणको साथ क्रिकेट प्रेमीहरूले पाकिस्तान सुपर लिगको मजा लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।




















प्रतिक्रिया