Logo

अर्थ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार तोलाको १४३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ११:४१   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।