काठमाडौं । सेयर बजारमा मंगलबार पनि सामान्य गिरावट आएको छ। नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ को विन्दुमा बन्द भएको छ।
आज ३१४ कम्पनीको ९३ करोड ४२ लाख ५४६ रुपैयाँ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १५० कम्पनीको सेयर मुल्य घटेको छ भने ९० कम्पनीको शेयर मुल्य बढेको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ का इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.९२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया