Logo

खेलकुद

नामिबियाविरूद्ध नेपालले गुमायो तेस्रो विकेट



काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरूद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रुपमा देव खनाल आउट भएका हुन् । खनाल आठौँ ओभरको अन्तिम बलमा शुन्य रनमा आउट भए । यसअघि नेपालले सातौँ ओभरमा दुई विकेट गुमाएको थियो ।

ओपनर कुशल भुर्तेल ६.२ ओभरमा १८ रनमा एलबिडब्लू आउट भए । दुई बलपछि अनिल साह शून्यमा क्याच आउट भए । दुवैको विकेट नामिबियाका बर्नाल्ड स्कोल्जले लि ए।

टस हारेर ब्याटिङ गरिरहेको नेपालले १७.४ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ९३ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १०:३८   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।