Logo

अर्थ

सात महिनामा ९ खर्ब १९ अर्बको आयात



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको माघ मसान्तसम्मको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको देखिएको हो ।

यो अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख ४८ हजार रुपैयाँको आयात भएको छ । त्यस्तै, चालु आवको समीक्षा अवधिमा ९३ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा नेपालको कूल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार बराबरको भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७५ प्रतिशतले कम हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १२:४१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।