Logo

खेलकुद

डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय



काठमाडौं- बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय भएको छ।

४० वर्षीय आल्भेजलाई विहिबार बार्सिलोनास्थित अदालतले साढे ४ बर्षको जेल सजाय सुनाएको हो।

आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरीदेखि हिरासतमा रहेका छन्।

आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दावी गरे पनि २३ वर्षीया महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफूलाई बलात्कार गरेको आरोप लगाउदै उजुरी गरेकी थिइन्।

अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पीडितलाई क्षतिपूर्ति दिनसमेत आदेश दिएको छ।

आल्भेजका वकिलहरूले भने आफुहरुले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ०६:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।