Logo

अर्थ

सर्वोत्तमको आईपीओमा आजदेखि आवेदन दिन सकिने



काठमाडौं- सर्बोत्तम सिमेन्ट कम्पनी लिमिटेडले आज फागुग १३ गतेदेखि सर्बसाधारणका लागी बुक बिल्डिङबाट आईपिओ बिक्रि खुला गर्ने भएको छ। बुक बिल्डिङबाट जारी हुने आईपीओमा न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन गर्नुपर्नेछ।

कम्पनीले सर्बसाधारणका लागि ३६०.९० रुपैयाँ प्रतिकित्ताको दरमा आईपीओ निष्काशन गर्न लागेको हो। यसरी हेर्दा यस कम्पनीको आईपीओमा आवेदन गर्दा लगानीकर्ताको बैंक खातामा न्यूनतम १८ हजार ५ रुपैयाँ मौज्दात हुन पर्नेछ।

आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ। ५० कित्ताभन्दा कम सेयरमा आवेदन दिन पाइने छैन।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसअघि आयोजना प्रभावित जिल्लाका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन गरिसकेको छ।

कम्पनीको आईपीओमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्ता सेयरमा आवेदन दिन सकिनेछ। आवेदन छिटोमा फागुन १६ सम्म खुल्ला रहने छ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे फागुन २७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सीडीएस एन्ड क्लिरिङको वेबसाइट मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार ०७:१५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।