Logo

अर्थ

मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न सरकार गम्भीर देखिएन : सांसद श्रेष्ठ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितहरुको माग सम्बोधनका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गरेकी छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कानुनसम्मत भयो भन्दैमा सबै कुरा न्यायोचित नहुने सक्ने बताइन् ।

हरेक जिल्लामा मिटरब्याज पीडितको लागि छिटो न्याय दिलाउन पूर्वन्यायाधीश सम्मिलित मिटरब्याज पीडित इजलास बनाउन प्रधानमन्त्रीलाई उनको सुझाव छ ।

मिटरब्याजीहरुलाई राजनीतिक दलको प्रशय रहेको समेत थाहा पाएको उनले सुनाइन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै रास्वपा सांसद श्रेष्ठले भनेकी छन्, ‘सामन्तवादविरुद्ध युद्ध गर्नुभएको प्रधानमन्त्रीज्यु, अहिले सामान्तवादकै प्रतिक मिटरब्याजी साहुकारहरुलाई विभिन्न राजनीतिक मान्छेहरुले प्रशय दिएको कुरा हिजो छलफलमा थाहा पाएँ । यसलाई अन्त्य गर्नुस् ।’

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  १२ : २३ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।