Logo

अर्थ

बैंकर्स फुटसल प्रतियोगिताको उपाधि कामना सेवा विकास बैंकलाई



काठमाडौं । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । ‘स्वस्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो ।

उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागिता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आईएमई बैंकलाई ६–२ ले हराउँदै उपाधि जितेको छ । विजेता टिम कामना सेवा विकास बैंकलाई ट्रफी, मेडल, प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम बुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १२:५९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।