Logo

अर्थ

कृषि विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा १० प्रतिशत छुट



काठमाडौं । कृषि विकास बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ ।

कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा भएको सम्झौता समारोहमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरे ।

सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकहरुले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको ओ.पि.डि. शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । साथै उक्त छुट सुबिधा कृषि विकास बैंकका कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपालको निजि क्षेत्रको अग्रणी र प्रतिष्ठित स्वास्थ्य उपचार सेवा प्रदायक ओम हस्पिटलमासँग सेवा व्यवसाय बिस्तार सम्झौता र बैंकका ग्राहकहरु तथा कर्मचारी र परिवारजनले उपचारमा सहुलियत पाउनु सकारात्मक भएको बताए ।

त्यसैगरी ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले तिन दशकदेखी निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ओम हस्पिटलले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार सम्म र पेन मेडिसिन र कस्मेटोलोजी लगायत ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सहितको चिकित्सा सेवा उपलब्ध गराउँदै आईरहेको जिकिर गर्दै कृषि बिकास बैंकसँग सेवाकालागि सहकार्यगरी अगाडि बढ्न पाउँदा खुशी लागेको बताए ।

बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय, विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकले देशभर १२९ वटा एटिएम मेसिनहरुबाट पनि सेवा प्रदान गर्दै आइरहेको छ ।

बढदो डिजिटल प्रयोगलाई ध्यानमा राख्दै बैंकले आफ्नो मुल व्यवसाय कर्जा प्रवाह र जमानत सहित अन्य सेवाहरुलाई पनि डिजीटाइजेशन गर्दै लगेको छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  ५ : ३१ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।