Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । आज सोमबार सुनको मूल्य घटेकाे छ । सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज भने १ लाख १७ हजार ७५० रुपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ११:३६   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।