Logo

प्रमुख समाचार

विवादित मन्त्रीहरूलाई सदनमा जवाफ दिन के ले रोकिरहेको छ : रवि लामिछाने



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरूले आफूमाथि उठेका प्रश्नहरूको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरूले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताए।

उनले सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गरे।  उनले सार्वभौम संसदलाई लडाई र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? भनि प्रश्न समेत गरे। उनले एनसेल खरिद बिक्री प्रकरणको छानबिन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताए।

लामिछानेले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि बताए। सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उनको भनाई छ।

 

 

प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार  १२ : ३८ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।