Logo

अर्थ

सेयर बजारमा १३.२८ अंकको वृद्धि



काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ । नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० को विन्दुमा बन्द भएको हो ।

आज ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १६७ कम्पनकिो सेयरभाउ बढेको छ भने ७५ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ८.१६ प्रतिशतका दरले कमाएका हुन् ।

नेपाल वेयरहाउजिङका लगानीकर्ताले ७.६५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज सोनापुर मिनरल्‍स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १५:३३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।