Logo

अर्थ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो



काठमाडौं । आज सुनको मूल्य स्थिर कायम भएको छ । आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्य भने घटेको छ । आज १५ घटेसँगै चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ११:१८   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।