Logo

अर्थ

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले ९.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । बैंकले गत मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाएको हो ।

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्न समेत बैंकले आग्रह गरेको छ । अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ ।

बैंकले सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय कमलादी काठमाडौं तथा आफूलाई पाएक पर्ने प्रभु बैंकको शाखामार्फत सेयर डिम्याट गराउन सकिने जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार  २ : २० बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।