Logo

प्रमुख समाचार

शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक



काठमाडौँ– शाखा अधिकृत पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ।

लोक सेवा आयोगले मङ्गलवार माघ २७ गते लिएको पहिलो चरणको परीक्षामा सहभागी भएका २१ हजार २७ जनामध्ये ९ हजार २९३ जना दोस्रो का लागि छनौट भएका छन्।

द्वितीय चरणको परीक्षाका लागि छनौट भएका परीक्षार्थीले साविककै प्रवेश पत्रबाट आयोगको धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुने आयोगले जनाएको छ। आयोगको साइडमा गएर नतिजा हेर्न सकिने छ।

प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार  २ : १३ बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।