Logo

अर्थ

९.३४ अंकले बढ्यो सेयर बजार



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ९.३४ अकंले बढेर २००१.६४ बिन्दुमा बन्द भएको छ ।

आज ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । आज ७ उपसूचकमा हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत, हाइड्रोपावर समूहको ०.४६ प्रतिशतले सेयर मूल्य बढेको हो ।

आज सोनापुर मिनरल्‍स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १५:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।