Logo

अर्थ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आज सुनकाे मूल्य १ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घट्दै १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलमा ५ रुपैयाँले मात्र घट्दै १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ११:३९   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।