Logo

खेलकुद

टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डसबीच प्रस्तिस्पर्धा



काठमाडौं- जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदैछ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजेदेखि शुरु हुने छ।

जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन्। दुवैले नेपालविरुद्धका खेल जितेका छन्। सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्डसले नेपालमाथि २ रनको जित हासिल गरेको थियो।

आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ। नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ। त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ।

सिरिजको खेल तालिका
– नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार।
– नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार।
– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार।
-नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार।

फाइनल, फागुन २२ गते मंगलबार

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ०७:२१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।