Logo

अर्थ

सर्वोत्तम सिमेन्टको आईपीओमा १९ गुणाभन्दा बढीको आवेदन



काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओका लागि मागभन्दा १९ गुणा बढीको आवेदन परेको छ। १० लाख १२ हजार ३८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन्। बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर पाउँदैनन्।

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो अन्तिम दिन थियो। कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ। न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ।

 

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  ७ : २६ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।