Logo

अर्थ

बैंकिङ संगठन भन्छन्- राज्यले आतंकित पार्‍यो, यसले समग्र अर्थतन्त्र विकासमा असर पुग्छ



काठमाडौं- बैंकरहरूले राज्यको धरपकले बैंकिङ क्षेत्र आतंकित भएको बताएका छन्। बुधबार वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघसहित डेभलमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवम् पक्राउले बैंकिङ क्षेत्र आतंकित बनेको बताएका हुन्।

वास्तविक अनुसन्धानबिनै पहिला थुनेर त्यसपछि आफूहरूका कुरा सुन्नु गलत भएको र त्यसले आफूहरूलाई चिन्तित तथा आतंकित बनाएको उनीहरूले प्रतिक्रिया दिएका छन्।

यसबाट बैंकिङ क्षेत्रका कर्मचारीको मनोबल खस्किँदै गएको हुँदा राज्यका सम्बन्धित निकाय यस विषयमा गम्भीर हुनुपर्ने उनीहरूले विज्ञप्तिमार्फत आग्रह गरेका छन्।

बैंकिङ कसुरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’ हुनु पर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

‘बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’ हुनु पर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएको छ। यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुर्‍याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने कुरा सम्बन्धित सबैलाई अवगत गराउन चाहन्छौँ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भिर असर पुर्‍याएको निष्कर्ष बैंकर्सको छ। जसले बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीको मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने भन्दै उनीहरूले ध्यानाकर्षण गराएका छन् ।

‘बैंक तथा वित्तीय संस्थाहरुले चल/अचल सम्पत्ति बाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही कर्जा प्रवाह गर्ने गर्दछन्। समस्त ग्राहकहरुको हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरुको बचतलाई सुरक्षित गर्दै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पूँजी निर्माणमा यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्धान्तलाई अक्षरस पालना गर्दै अगाडि बढीरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको हुनुपर्ने माग बैंकर्सले गरेका हुन्।

‘बैंकहरुले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही संस्थाहरुको आ–आफ्नै नीति तथा कार्यविधि बमोजिम आ–आफ्नो अधिकार क्षेत्र भित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन्। बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा त्यसमा संलग्न हुने सबै कर्मचारी तथा संचालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएका छौं,’ विज्ञप्तिमा उल्लेख छ।

बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैँ तत्पर रहेकोसमेत विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ०८:२५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।