काठमाडौं । आज सुनको मूल्य बढेकाे छ । सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार हिजो बुधबारकै मूल्यमा आज चाँदीको कारोबार भएको हो । आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ छ ।
प्रतिक्रिया