Logo

अर्थ

छ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् ।

शुक्रबार छापावाल सुनकाे मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ११:३६   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।