Logo

अर्थ

२०८१ सालको बैंक बिदाको सूची सार्वजनिक (सूचीसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा बैंक तथा वित्तिय संस्था बिदा हुने दिनको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार २०८१ सालमा ३७ दिन बैंकिङ बिदा हुनेछन् ।

दशैँमा फूलपातीदेखि ५ दिन (असोज २४ देखि २८ सम्म) बिदा हुनेछ । असोज १७ गते पर्ने घटस्थापनामा पनि एक बिदा रहेको छ ।

तिहारमा कात्तिक १५ देखि १९ सम्म ५ दिन बैंक बन्द हुनेछ । यस्तै प्रदेश सरकारले आआफ्नो प्रदेशमा घोषणा गरेको वर्षमा बढीमा ६ दिनसम्म सार्वजनिक बिदा दिन पाइने राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १४:२४   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।