Logo

खेलकुद

म्यानचेस्टर डर्बीमा सिटी ३-१ ले विजयी



काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बी सिटीले जितेको छ।

गएराती इथियाड स्टेडियममा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

खेलमा म्यानचेस्टर युनाइटेडले खेलको आठौँ मिनेटमा मार्कस राशफोर्डको गोलमा शुरुवाती अग्रता लिएपनि म्यानचेस्टर सिटीले खेलको दोस्रो हाफमा कमब्याक गर्दै खेल जितेको थियो।

म्यानचेस्टर सिटीका लागि फिल फोडेनले खेलको ५६ र ८०औं मिनेटमा गोल गरेका थिए भने इर्लिंग हालाण्डले ९१औ मिनेटमा एक गोल गरेका थिए।

यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। शिर्ष स्थानमा रहेको लिभरपुल एक अंकले अगाडी रहेको छ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा ११औं हार हो। २७ खेलमा ४४ अंक रहेको युनाइटेड लिगमा छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०९:०५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।