Logo

प्रमुख समाचार

नयाँ गठबन्धनमा चार उपप्रधानमन्त्री, गृह माग्दै रवि



काठमाडौं- नयाँ सत्ता गठबन्धनमा चार जना उपप्रधानमन्त्री हुने भएका छन्।

सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना उपप्रधानमन्त्री हुने भएका हुन्।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउने भएका छन्। यस्तै उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री हुने भएका छन्। उनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सहमति भएको बताइएको छ।

त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन्।

रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ। उनले गृहमन्त्रालय मागेका छन्।

एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने सम्भावना रहे पनि मन्त्रालयको टुंगो लागिसकेको छैन।

शक्ति बाँडफाडबारे छलफल गर्न बालुवाटारमा चार दलको बैठक बसिरहेको छ। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार नै सानो आकारको मन्त्रिपरिषद गठन हुने जानकारी दिएका छन्।

नयाँ गठबनधनमा प्रतिनिधिसभामा एमालेको ७८, माओवादी ३२, रास्वपा २१, जसपाका १२ जना सांसद छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ११:२८   :  बजे

1.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।