Logo

प्रमुख समाचार

मन्त्रीको हैसियतमा दुवै गएका भण्डारी फर्किदा रित्तै



काठमाडौं- नेपाल सरकारका एक जना मन्त्री यतिबेला विदेश यात्रामा छन्। नेपालमा सत्ता समीकरण परिवर्तन भएपछि दुबई भ्रमणमा रहेका श्रममन्त्री शरदसिंह भण्डारीले देश नफर्किँदै पद गुमाएका छन्।

भण्डारी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीबाट मन्त्री बनेका थिए। यूएईमा भइरहेको दुबई रोजगार मेलामा सहभागी हुन १९ फागुनमा गएका श्रममन्त्री शरदसिंह भण्डारीको पद नेपाल फर्किन नपाउँदै खुस्किएको छ।

उनी श्रमसचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती, विभिन्न सञ्चार माध्यमका पत्रकारुसहितको जम्बो टोली लिएर दुबई भ्रमणमा निस्किएका थिए।

प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार  २ : १५ बजे

1.494k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।