Logo

अर्थ

सर्वोत्तमको आईपीओ शुक्रबार बाँडफाँट हुने



काठमाडौं । पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट हुने जनाएको छ । गोलाप्रथाबाट आवेदकलाई न्यूनतम ५० कित्ताका दरले शुक्रबार सेयर बाँडफाँट हुने क्यापिटलले जनाएको छ ।

सर्वोत्तमको आईपीओमा १० लाखभन्दा धेरैले आवेदन दिएका छन् । करिब २० अर्ब रुपैयाँ आवेदकको बैंक खातामै ब्लक भएको छ । कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि कम्पनीले आवेदन माग गरेको थियो ।

कम्पनीको आईपीओ जम्मा ५५ हजार ५२१ जनाले पाउने छन् । बुक बिल्डिङ निर्देशिकाअनुसार न्यूनतम ५० कित्ताका लागि नै आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम ५० कित्ता नै दिइनुपर्ने व्यवस्था छ । बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो ।

प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार  ४ : ०२ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।