Logo

अर्थ

आज तरकारी तथा फलफूलको मूल्य कति?



काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, नेपाली सुन्तला १६०, आभोकाडो ५०० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ६०, अदुवा २००, रातो आलु ३२ र रातो भारतिय आलु ३४ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, लौका ६०, कागती २२०, लोकल काक्रो ११०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १५० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी १०० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, हरियो प्याज ७० र पुदीना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २२०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी १०० र हरियो धनिया ६० रुपैयाँ पाइने समितले जनाएको छ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३५० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ०९:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।