काठमाडौं । आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।
अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । आइतबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।




















प्रतिक्रिया