पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकारमा सहभागी नेकपा माओवादी केन्द्रतर्फका मन्त्रीलाई हटाएका छन्।
मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताउँदै उनले माओवादीतर्फका मन्त्रीलाई हटाएका हुन्।
मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो सरकारबाट भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन्।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो सहकार्य तोडेर नेकपा (एमाले)सहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेका छन्। प्रदेशमा त्यसकै असर परेको हो । पाण्डे नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका हुन्।





















प्रतिक्रिया