Logo

अर्थ

सेयर बजारमा भारी गिरावट, चार अर्ब बराबरको कारोबार



काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । परिसूचक नेप्से ७०.३१ अंकले घटेको छ । सोमबार ११७.७० अंकले बढेको सूचक आज ७०.३१ अंकले घटेर परिसूचक २००७.६९ बिन्दुमा रोकिएको छ।

कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकाे छ । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने २ को स्थिर रह्यो ।

आज म्युचुअल फन्ड बाहेक सबै उपसूचक ऋणात्मक भएका छन् । ठिक उल्टो अघिल्लो दिन म्युचुअल फन्ड मात्र ऋणात्मक हुँदै बाँकी सबै उपसूचक धनात्मक भएका थिए ।

आज हाइड्रोपावर समूहको उपसूचक ४.३० प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो ४.२० प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक ३.६९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह ३.६५ प्रतिशतले, लाइफ इन्स्योरेन्स ३.४९ प्रतिशतले र बैंकिङ समूह ३.०१ प्रतिशतले घटेका छन् । बाँकी समूहको उपसूचक ३ प्रतिशत कमले घटेका छन् ।

यस्तै म्युचुअल फन्डको उपसूचक भने आज ०.६६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार  ३ : ४७ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।