Logo

खेलकुद

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्यो बायर्न म्युनिख



काठमाडौं- बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा लाजियोलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजासहित बायर्न म्युनिख क्वाटरफाइनलमा पुगेको हो।

बायर्न म्युनिखको जितमा ह्यारी केनले २ तथा थोमस मुलरले एक गोल गरेका थिए।

यसअघि पहिलो लिगमा लाजियोले बायर्नलाई १-० गोलले पराजित गरेको थियो।

त्यस्तै पिएसजीले पनि रियल सोसियडाडमाथि समग्रमा ४-१ को नतिजासहित क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

प्रकाशित मिति : फाल्गुन २३, २०८० बुधबार  ७ : ३३ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।