काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोटेश्वरस्थित उनकै निवास पुगेर भेट गरेका छन्। भेटमा देउवाले अस्वस्थ रहेका नेपालको स्वास्थ्यवस्था बुझेका थिए।
भेटमा देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएकाले सँगै मिलेर अगाडि पढ्न प्रस्ताव गरेका थिए।
यसको जवाफमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिएको स्रोतले बताएको छ।
मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए।
नेकपा एसले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ।




















प्रतिक्रिया