Logo

प्रमुख समाचार

प्रचण्डको कपटपूर्ण राजनीतिक भड्कालोमा देश



लोकतन्त्रमा सबैभन्दा महत्त्व जनमतको हुन्छ। जनताले सबैभन्दा धेरै भोट दिएर पहिलो पार्टी बनाएकालाई देश चलाउने जिम्मा दिइएको हुन्छ। अघिल्लो वर्ष मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्यो। यो हिसाबले त जनताले देश चलाउने जिम्मा कांग्रेसलाई दिएका हुन्। जनताले त जिम्मा दिए तर अन्य राजनीतिक पार्टीले कांग्रेसलाई त्यो अधिकार दिएन्। पहिलो पार्टीले सरकारको नेतृत्व गर्न पाएन। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका दलले जालझेल गरे, कांग्रेसलाई पार्टी बनाउन दिएनन्।

कानुनतः पहिलो पार्टी भएकाले शुरुमा सरकार बनाउने अधिकार पनि कांग्रेसकै हो। त्यसपछि एमाले अनिमात्र माओवादीको हो। कांग्रेस सरकार गठन गर्ने तयारी गर्दै थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ पुस १० गते बेलुका ५ बजेसम्म सरकार गठनका लागि समय दिएकी थिइन्। कांग्रेसले बहुमत पुर्‍याउने भएपछि ओलीले प्रचण्डलाई आफ्नो पक्षमा ताने। उनले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरे। जसका कारण कांग्रेसको सरकार गठन हुन पाएन्। प्रधानमन्त्रीको लालचमा परेका उनी त्यतिबेलै बालकोट पुगे। सरकार गठन यत्रतत्र भयो। कांग्रेसलाई सरकार गठन गर्न नदिनुमा मुख्यता केपी शर्मा ओली, रवि लामिछाने, राजेन्द्र लिङ्देनको खेल थियो।

त्यसपछि प्रचण्डको नेतृत्वमा सरकार गठन गरियो। प्रचण्डलाई एमाले, रास्वपा, राप्रपाले सहयोग गर्‍यो। कांग्रेस भित्तामा पुग्यो। पछि यी तिनवटै पार्टी सरकारबाट बाहिरिए। उनीहरू निस्किएपछि कांग्रेसले प्रचण्डलाई समर्थन गर्‍यो। एकीकृत समाजवादी पार्टीसहित अन्य पनि सरकारमा गए। प्रचण्ड प्रधानमन्त्री भएको १४ महिना भयो। यो अवधिमा प्रचण्डले गरेका सम्झिनेलायक काम त्यस्तो केही छैन। मुलुक झनझन् आर्थिक संकटको बाटोतर्फ गइरहेको छ। प्रचण्ड नेतृत्वकै सरकार हुँदा देश बर्बादीतर्फ लागेको छ। तर, यसतर्फ उनको खासै ध्यान गएको छैन्।

अन्य पार्टीले प्रचण्ड र ओलीलाई समर्थन गर्नु नै गलत छ। यिनीहरू मिलेपछि समस्या घट्ने होइन्, झनझन् बढ्छ।

विदेशीले नेपाललाई दिने अनुदानमा कटौती गरेको छ। विदेशी ऋण सीमाबाट बाहिर गइसकेको छ। जसको असर केही वर्षमै नेपालले देख्ने र भोग्ने निश्चित छ। राजस्व पनि निकै न्यून उठिरहेको छ। बजारमा पूरै मन्दी छाएको छ। देशमै सानातिनो रोजगारी गरेर खाइरहेकाहरु अहिले मर्कामा परेका छन्। सटर, कोठा, फ्ल्याट खाली हुने क्रम बढेको छ। बेरोजगारीको दर निरन्तर उकालो लागिरहेको छ। बैंक तथा वित्तिय संस्थाहरु धरासायीको बाटोतर्फ दौडिरहेका छन्। अधिकांश सहकारी समस्याग्रस्त अवस्थामा पुगेको छ। जसका कारण जनताले प्रचण्डको आलोचना गरिरहेका छन्।

यतिबेला जनता निकै निराश छन्। प्रचण्ड सरकारले काम गर्न सक्दैन् भन्ने चर्चा चल्नेबित्तिकै उनले सबै मन्त्री फाले। कांग्रेससँगको सम्झौता तोडेर प्रचण्ड एमालेसँग नयाँ गठबन्धन गरेका छन्। ओली पनि सत्ताको लोभी हुन्। उनलाई देश र जनताभन्दा सत्ता प्यारो छ। अहिले देश अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको छ। तर, राजनीतिक दलका नेताहरुलाई सत्तामा जान पाइन्छ कि पाइँदैन् ? भन्नेमै ध्यान केन्द्रित छ। ३२ सीटको माओवादीले देश चलाइरहँदा आम सर्वसाधारणले गुनासो पोख्न थालेका छन्। पहिलो पार्टी थन्किएको छ भने तेस्रो पार्टीका अध्यक्षले झण्डै डेढ वर्षदेखि पार्टी चलाइरहेका छन्।

अन्य पार्टीले प्रचण्ड र ओलीलाई समर्थन गर्नु नै गलत छ। यिनीहरू मिलेपछि समस्या घट्ने होइन्, झनझन् बढ्छ। ओली र प्रचण्ड तीन–तीन पटक प्रधानमन्त्री भए। उनीहरू प्रधानमन्त्री हुँदा के कति काम गरे? जनताको आँखा अगाडि छर्लङ्ग छ। काम गर्ने क्षमता नभएकालाई सत्ताको चाबी दिँदा देशमा कसरी सुधार हुन्छ? कांग्रेसभित्रकै किचलोका कारण अहिले यो अवस्था हो। डा. शेखर कोइराला, गगन थापालगायतको विवादले गर्दा हातबाट सत्ता गुम्यो। प्रचण्ड र एमालेलाई देशको जिम्मा दिनु भनेको गल्ती गर्नु हो। कांग्रेस त ठूलो पार्टी हो। कांग्रेसले विभिन्न पार्टीलाई ‘अफर’ गरेर सरकारमा जानुपर्छ।

माधव नेपाल, रवि लामिछाने, राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री दिएर भए पनि कांग्रेसमा सरकारमा जानैपर्छ। भोलि जनताले प्रश्न उठाउँदा त सबैभन्दा पहिले कांग्रेसमाथि नै उठ्छ। जनताले त हामीले कांग्रेसलाई देश चलाउने जिम्मा दिएको भनिहाल्छन्। त्यतिबेला कांग्रेसले के जवाफ दिने ? माओवादीको पहिलेदेखि कै दाउ,‘ढाडमा टेकेर टाउकोमा हिर्काउने।’ माओवादीको खेल नै यही हो। अब प्रचण्ड र ओलीले देशको लागि यो–त्यो गर्छु भन्नु बेकार छ। किन कि जनताले नै खिसी उडाउँछन्। अन्तर्राष्ट्रिय स्तरमै यिनीहरु हाँसोको पात्र बन्छन्। देश जबजब अप्ठेरो घडीमा पुग्छ, त्यतिबेला कांग्रेसको भूमिका निकै महत्वपूर्ण हुन्छ।

अहिलेको गठन भएको नयाँ गठबन्धनको दाउ पालोपालो प्रधानमन्त्री खाने मात्र हो। चाहे देश जाओस् भाडमा। अहिले पनि त्यही सम्झौता भएको छ। प्रधानमन्त्री खानमा मात्र सबैको ध्यान केन्द्रित छ।

त्यो विगतले पनि पुष्टि गरिसकेको छ। गिरिजाप्रसाद कोइराला, मातृकाप्रसाद कोइरालालगायतले देशलाई अप्ठेरो घडीबाट निकालेका छन्। अहिले देश निकै समस्यामा छ। अर्थतन्त्र डामाडोल अवस्थामा छ। केही वर्षमै विदेशी ऋण तेब्बर भएको छ। विदेशी ऋण २७ खर्ब पुग्न लागिसकेको छ। राजश्व नउठ्दा विदेशीबाट ऋण ल्याउँदै सरकारी खर्च धानिएको छ। अन्य देशबाट ऋण ल्याउने, जनप्रतिनिधि, सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउने। ज्येष्ठ नागरिक, एकल महिलाहरुले खाएको भत्ता पनि विदेशी ऋणबाटै आएको हो। मुलुकमा आम्दानीको स्रोत केही पनि छैन्।

खर्च भने निरन्तर उकालो लागिरहेको छ। अनि देश कसरी चल्छ ? राजश्व उठ्ने ठाउँ सबै बन्द भइसकेको छ। देश निरन्तर व्यापार घाटामा छ। यस्तो हुँदासम्म वर्तमान सरकार आँखा चिम्लेर बसेको छ। प्रचण्ड देश र जनताको अवस्थाभन्दा पनि व्यक्तिगत स्वार्थमै रमाएका छन्। प्रचण्डको सबै पैसा भाटभटेनी साहु र सुमार्गीले चलाएको बताइन्छ। यता, ओलीको विदेशी बैंकमा अर्बौं रुपैयाँ भएको गाइगुइँ चलेको छ। ओलीको पैसाले महेश बस्नेतले भक्तपुरमा सयौं रोपनी जग्गा प्लानिङ्ग गरेको बताइन्छ। यस्तो त नेता छन्। सबै मै खाऊँ, व्यक्तिगत सम्पत्ति जोड्यौं भन्नेमै केन्द्रित छ।

अहिलेको गठन भएको नयाँ गठबन्धनको दाउ पालोपालो प्रधानमन्त्री खाने मात्र हो। चाहे देश जाओस् भाडमा। अहिले पनि त्यही सम्झौता भएको छ। प्रधानमन्त्री खानमा मात्र सबैको ध्यान केन्द्रित छ। अनि देश र जनताप्रति को जवाफदेही बन्ने ? उनीहरुको दाउमा रास्वपा, जसपा, नाउपालगायतका पार्टी साँची मात्रै हुन्छन्। २०७४ सालको चुनावमा जनताले एमालेलाई त्यत्रो भोट दिएको हो। त्यतिबेला माओवादी र एमाले मिलेर चुनाव भिडेको थियो। पछि त्यो गठबन्धन भताभुङ्ग भयो। दुवै प्रधानमन्त्री खाने रेसमा थिए। आधा आधा कार्यकाल प्रधानमन्त्री खाने भनेर लिखित सम्झौता भएको थियो। तर, ओलीले मानेनन्। ओलीलाई पद छोड्न गाह्रो भो, प्रचण्ड बाहिरिए।

जसले गर्दा दुई पटक संसद विघटन भयो। सदनमा भएका राजनीतिक दलहरुले अहिलेको अवस्थालाई मध्यनजर गरेर एकदमै महत्वपूर्ण निर्णय गर्न आवश्यक देखिएको छ। यो कुरा ठूलादेखि साना राजनीतिक दलले बुझ्नुपर्छ। नत्र त देश झनझन् दलदलमा फस्छ। समाधानको साटो थप समस्या बढ्छ। कांग्रेसले तुरुन्त अन्य दलसँग छलफल गरेर प्रचण्डलाई ‘आउट’ गर्नुपर्छ। जति ढिलो भयो, त्यति नै देश र जनताले क्षति खेप्नुपर्छ। प्रचण्डको दाउ नै कहिले कांग्रेससँग मिल्ने त कहिले एमालेसँग मिल्ने र आफू प्रधानमन्त्री खाइरहने, आफ्नो पार्टीका नेतालाई मन्त्री बनाइराख्ने। प्रचण्डको खेल सबैले देखिसकेका छौं। त्यसैले कांग्रेसले यसमा ध्यान पुर्याओस्।

प्रकाशित मिति : फाल्गुन २३, २०८० बुधबार  ११ : ४३ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।