Logo

प्रमुख समाचार

माधव नेपाल सरकारमा सहभागी हुन गठबन्धनको निर्णय कुर्दै



काठमाडौं- नव गठित गठबन्धनमा आवछ चार दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। बिहान ११ बजेबाट बालुवाटारमा बसेर बैठकमा सत्ता समीकरणको गृहकार्यका विषयमा छलफल भइरहेको छ।

हाल चार दलका नेता तथा शीर्ष नेताहरुस्को अउनेजाने क्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अहिले जसपा नेता उपेन्द्र यादव प्रधानमन्त्री तथा एमालेका नेताहरू अनौपचारिक छलफलमा बसिरहेका छन्। यस्तै रास्वपाका नेताहरू पनि बालुवाटार गएको उपसभापति डिपी अर्यालको भनाइ छ।

चार दलले नेकपा एकीकृत समाजवादीको निर्णय पर्खिरहेको बताइएको छ। हाल समाजवादीको बैठक आलोकनगरमा बसिरहेको छ।

मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, तथा एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंखर पोखरेलले कोटेश्वर पुगेर माधव नेपाललाई भेटेका थिए।

प्रकाशित मिति : फाल्गुन २३, २०८० बुधबार  २ : १३ बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।