Logo

खेलकुद

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



काठमाडौं- म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबसँग ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो।

यस खेलमा म्यानचेस्टर सिटीका लागि मानुएल अकान्जी, जुलियन अल्भारेज र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए।

यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर सिटीले कोपनहेगनविरुद्ध ३-१ को नै नतिजा निकालेको थियो।

योसँगै म्यानचेस्टर सिटीसहित रियल म्याड्रिड, बायर्न म्युनिख र पिएसजी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  ६ : ४५ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।